निर्मलाको डीएनए सुरक्षित राख्नू : आयोग

- नेपाली सन्देश

काठमाडौँ — बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको भेजाइनल स्वाब र त्यसबाट निकालिएको डीएनए नमुना यथास्थितिमा राख्न राष्ट्रिय मानव अधिकार आयोगले नेपाल प्रहरीलाई बिहीबार निर्देशन दिएको छ ।आयोगका कार्यवाहक अध्यक्ष प्रकाश वस्तीसहितका पदाधिकारीले बिहीबार फरेन्सिक विज्ञ डा. हरिहर बस्ती र राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका डीएनए विज्ञ डा. दिनेश झासँग छलफल गरेपछि प्रहरीलाई त्यस्तो निर्देशन दिएका हुन् ।केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा निर्मलासँग सम्बन्धित सबुत र नमुना जे जस्तो अवस्थामा छन्, सुरक्षित राख्न प्रहरीलाई निर्देशन दिइएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । आयोगले सबुत प्रमाणको परीक्षणबारे विज्ञसँग रायसुझावसमेत लिएको थियो ।

Thu-Oct-2018, 03:45 pm मा प्रकाशित, 37 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *