अन्नपुर्ण-८ उमा मा विमा भुपु विद्यार्थि द्वारा विद्यालयलाई सहयाेग

- नेपाली सन्देश

अन्नपुर्ण-८ उमा मा विमा भुपु विद्यार्थि द्वारा विद्यालयलाई सेताेपाटि सहयाेग कार्तिक २७,पाेखरा (निर्मल रामदाम) साविक दाङसिङ गाविस वडा नं २ माेहाेरिया हाल अन्नपुर्ण गाउपालिका-८माेहाेरियामा रहेकाे श्री उमा मावि मा भुपु विद्यार्थीहरूले विद्यालयलाई दस थान सेताेपाटि र एउटा राेष्टम सहयाेग गरेका छन् । अाफुले सानै देखि पढेकाे विद्यालयलाई केहि गर्नुपर्छ भन्ने विचार बाेकेका सृजनशिल युवाहरूले विद्यालयकाे शैक्षिकस्तरमा वृद्दि हाेस् भन्ने हेतुले उक्त सेताेपाटि(वाईटबाेर्ड)र राेष्टम सहयाेग गरेकाे बताएका छन् । अध्ययनका साथै वैदेशिक राेजगारिका लागि बहराईन पुगेका उमा मा विका भुपु विद्यार्थिहरू अमृत थापा,सचिन गुरूङ,राज ब. गुरूङ,भरत थापा,धिरेन गुरूङ,अनिल गुरूङ,नविन गुरूङ,बिकल गुरूङ,राजेश गुरूङ र बिबश गुरूङले एक/एक वटा सेताेपाटि अाफु पढेकाे गाउकाे विद्यालयलाई सहयाेग गरेका छन् भने उमा मा वि कै भुपु विद्यार्थि तथा हाल उमा मा वि कै शिक्षिका उमिता घमालले एक थान राेष्टम विद्यालयलाइ सहयाेग गर्नुभएकाे छ।”अाफु पढेकाे विद्यालयलाइ माया गरेर सहयाेग गरेकाेमा सम्पुर्ण विद्यार्थिलाई धन्यवाद व्यक्त गर्दछु ,साथै उज्जवल भविष्यकाे पनि कामना गर्दछाै”भन्नुहुन्छ विद्यालयका प्रध्यानध्यापक बुद्दि बहादुर गुरूङ।कास्कि जिल्लाकाे समुदायिक विद्यालय मध्ये एक उत्कृष्ट विद्यालयकाे रूपमा परिचित उमा मा विले पछिल्लाे समय SEE मा निकै राम्राे नतिजा ल्याईरहेकाे छ। विद्यालयका प्रअ बुद्दि ब. गुरूङकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे सन्चालन शिक्षक कृति राज ढकालले गर्नुभएकाे भएकाे थियाे।

Tue-Nov-2018, 08:22 am मा प्रकाशित, 42 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *