अध्यक्ष कप भलिबल प्रतियोगिता २०७५

- नेपाली सन्देश

हुम बहादुर गुरुङ्ग,

स्याङ्गजाको विरुवा गाउँपालिकाले अध्यक्ष कप भलिबल प्रतियोगिता २०७५ आयोजना गरिनेभएको छ । नयाँ युवा खेलाडीहरु उत्पादन गरी विरुवा गाउँपालिका तथा देशलाई चिनाउने उद्देश्यले २०७५ पौष ११ गते देखी विरुवा गाउँपालिका वडा नं ८ मनकामना भासिपोखरीमा अन्तर वडास्तरीय पुरुष भलिबल प्रतियोगिता प्रमुख अतिथि माननिय साम्सद श्री नारायण प्रसाद मरासिनीको आतिथ्यतामा सञ्चालन हुनेछ । उक्त प्रतियोगितालाई भव्य र सभ्य रुपमा सु–सम्पन्न गर्नका लागि संरक्षक विरुवा गाउँपालिका अध्यक्ष श्री चुन प्रसाद शर्माको मातहतमा खेलकुद सञ्चालक समिति निम्न अनुसार गठन गरिएको छ । जसमा संयोजक वडा नं ८ का अध्यक्ष श्री प्रकाश थापा, सह–संयोजक वडा नं ३ का श्री शितलजङ के.सि., सचिव वडा नं ८ का श्री अब्बु मिया, कोषाध्यक्ष  श्री लक्ष्मी राना, अन्य सदस्यहरु  श्री शिव राना वडा नं १, श्री सोम थापा वडा नं ५, श्री रिम थापा वडा नं ६, श्री टिका आले वडा नं २, श्री प्रकाश गुरुङ्ग वडा नं ४, श्री खड्क खुरुङ्ग वडा नं ७, श्री कुमार गुरुङ्ग वडा नं ७, श्री दुर्ग खड्क वडा नं १, श्री सफल राना वडा नं ५ का रहनुभएको जानकारी उक्त प्रतियोगिता का सचिव श्री अब्बु मिया ज्युले जानकारी गराउनुभएको छ ।

Mon-Dec-2018, 05:39 pm मा प्रकाशित, 695 जनाले हेर्नुभयो

Leave a Reply