अन्नपूर्ण गाउपालिका सुदामे श्री भुमे आधारभुत विद्यालयकास्कीमा जापानिज सास्ठाले यसरी सहयाेग गर्दै

- नेपाली सन्देश

मिति 2075 साल पुस 16 गते December 19 2018 को दिन यस श्री भुमे आधारभुत विद्यालय अन्नपूर्ण गाउपालिका सुदामे कास्कीमा शैक्षिक तथा सामाजिक बिकास केन्द्र नेपाल (Educational and Socal Development Cente Nepal ) (FSODEC) को आयोजना तथा Indepedent Insurance Agent of Japan (OSAKA) को सहयोगमा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण तथा विद्यालयलाई केन्द्रिय हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा विद्यालयका सम्पुर्ण विद्यार्थी,शिक्षाक,अभिभावक,व्यवस्थापक समितिका प्रतिनितिहरु सहित सहयोगि 4 जना जापानीज नागरिकहरू समेत उपस्थित भएका थिए। विद्यालय व्यवस्थापन समिति सदस्य श्री सोम बहादुर पुनको अध्यक्षतामा संचलन गरिएको कार्यक्रममा विद्यालयमा अध्यनरत ८३ जना विद्यार्थीहरुलाई झोला,स्टेनरी,सामाग्री र टोपी वितरण विद्यालयलाई २० सेट फर्निचर समेत हस्तान्तरण गरिएको थियोे यस कार्यक्रममा भनाई राख्दै जापानीज नागरिक Mitsuhish kuroishi ले गरिब तथा विपन्न परिवारका बालबालिकाहरु अध्यन गर्ने यस विद्यालयमा आफुहरुले सहयोग गर्न पाउँदा अत्यन्तै खुसी लागेको कुरा व्यक्त गर्नु भएको छ। कार्यक्रममा सम्पुर्ण सहयोग गर्ने जापानीज नागरिक हरुलाई प्रशंसा पत्र र मायाको चिनो सहित सम्मान गरिएको थियो ।यस कार्यक्रमलाई समन्वय गरि आयोजना गर्न सहयोग पुर्‍याउने शैक्षिक तथा सामाजिक बिकास केन्द्र नेपालका उपाध्यक्ष सम्झाना बन लगायत सम्पुर्ण पदाधिकारीहरुलाई र ( आशिका ट्रभल्स काठमाडौ ) र जापानीज सहयोगीलाई धन्यवाद दिदै विद्यालयका प्राध्यापक ज्यु तेज प्रसाद शर्माले विद्यालयको बारेमा बताउनु भएको थियोे । शर्माले विद्यायलाई अझै ३० सेट फर्निचर निर्माण हुनुपर्ने अत्यन्तै आवश्यकता रहेको र सम्पुर्ण गरिब विद्यार्थीलाई पोशक र कम्युटरको समेत अति आवश्यकता रहेकोले जापानीज सहयोगदाता सम्म मागपत्र पेश गर्नुभयो। सथै महाविनाशकारी भुकम्प २०७२ द्रारा क्षेती पुगेको विद्यालयमा थप तथा निर्माणधिन अवस्थामा राहेको विद्यालय भवन निर्माण पूरा गर्नको लागि आर्थिक सहायत समेत आवश्यक रहेको कुरा बताइदै शर्माले सहयोगको वातावरण बनाईदिन आग्रह समेत गर्नुभयो कार्यक्रममा पाहुनाहरुको स्वागतको लागि विद्यार्थी द्रारा विभिन्न साङ्गितिक नृत्यहरुको समेत प्रस्तुत गरिएको थियो।

Wed-Jan-2019, 02:22 pm मा प्रकाशित, 428 जनाले हेर्नुभयो

Leave a Reply