चितवनको चुम्लिङटारबाट त्रिशुली नदिमा बस खस्दा पाँच जनाको मृत्यु

- नेपाली सन्देश

काठमाडौबाट पोखरा जादै गरेको २८ जना सवार बस त्रिशुलीमा खस्यो….

काठमाडौं । चितवनको चुम्लिङटारबाट त्रिशुली नदिमा बस खस्दा पाँच जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । मृत्यु हुनेमा ३ जना पुरुष र २ जना महिला रहेका छन् । काठमाडौंबाट पोखरा जांदै गरेको ना ६ ख २५०६ नम्बरको बस इच्छाकामना गाँउपालिका ३ चुक्लिङटारबाट त्रिशुली नदिमा खसेको हो ।

सडक छेउमा धोएर निकाल्दै गरेको ना ५ ख ७४०९ नम्बरको ट्रकसँग ठक्कर खाँदा बस त्रिशुलीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् घाइतेको उपचारका लागि भरतपुर ल्याइएको चितवनका प्रहरी प्रमुख शुशिलसिंह राठौरले जानकारी दिनुभयो । घाइते एक बच्चासहित अन्य केहीको अवस्था गम्भिर रहेको उहाँले बताउनुभयो । दुर्घटनामा परेका सबैको उद्धार गरिसकिएको राठौरले जानकारी दिनुभयो । बस सडकबाट एकसय मिटर तल त्रिशुलीमा खसेको हो ।

उता सिन्धुलीमा ट्रक र यात्रुवहाक माइक्रोबस एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन् । बिपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका–५ मुलकोटमा बुधबार हायस माइक्रो बस र ट्रक एकापसमा ठोकिँदा १० जना घाइते भएका प्रहरीले जनाएको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेहरूको स्थानीय र प्रहरीले उद्धार गरी धुलिखेल र काठमाडौंतर्फ उपचारका लागि पठाइएको छ।

काठमाडौंबाट महोत्तरीको बर्दीवासतर्फ आउँदै गरेको बा ४ख ५६२२ नम्बरको यात्रुबाहक हायस माइक्रोबसलाई सिन्धुलीकै खुर्कोटबाट रातमाटातर्फ जाँदै गरेको ग१ख ६६२७ नम्बरको ट्रकले ठक्कर दिँदा हायसमा सवार १० जना यात्रु घाइते भएका हुन्।माइक्रोबस, ट्रक र दुवै चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको जनाइएको छ।

यसैगरी ईटहरी उपमहानगरपालिका– ८ स्थित सडकमा को.१२ प ८४२० नम्बरको स्कुटरलाई एस् ०७ एसि ५६३३ नम्बरको ट्रकले बुधबार बिहान ठक्कर दिँदा गम्भिर घाइते भएका स्कुटर चालक मोरङ बिराटनगर बस्ने ५० वर्षीय गिरिराज ढकालको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ । ट्रक सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले चिसोसँगै सडकमा रात विताउन बाध्य भएका असहाय बृद्ध, बृद्धा तथा बालबालिकाको उद्धार तथा पुर्नस्थापना अभियान मंगलबार रातिबाट सुरु गरेको छ । उक्त अभियान अन्तर्गत कालिमाटी, स्वयम्भू, सितापाईला क्षेत्रबाट मंगलबार राति ७ जना पुरुषको उद्दार गरी हिमालय वृद्धाआश्रम, गोंगबुमा राखिएको छ ।
उद्दार गरिएका ब्यक्तिहरुको परिवार तथा आफन्तको खोजी, आवश्यक उपचार, परामर्श समेत गरी पुनस् समाज तथा परिवारमा पुर्नस्थापना गर्ने कार्यमा प्रहरीले बिभिन्न संघ–संस्थासँग संमन्वय गरिरहेको छ ।

काठमाडौंको सडकलाई व्यवस्थित, सुरक्षित बनाउने र सडकमा जीवन यापन गर्न बाध्य मानिसहरुको जिवनमा परिवर्तन ल्याउने जस्ता मानविय कार्य विभिन्न संघ(संस्था, सरकारी निकायसँग समन्वय गरि निरन्तरता दिने कार्य जारी राखिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
काठमाडौं महानगरपालिका–१४ स्थित सडक किनारामा दक्षिणकाली नगरपालिका–६ बस्ने ३३ वर्षीय नरेन नेपालीलाई लागूऔषध खैरो हेरोइन ४ ग्राम सहित मंगलबार साँझ प्रहरीले प्रकाउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ललितपुर महानगरपालिका(१४ नख्खीपोटस्थित टहरामा बस्ने हाल वास्तविक नाम, थर, वतन नखुलेका आले भनी वोलाउने करिब ४० वर्षीय पुरूष बुधबार बिहान मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यता टोखा नगरपालिका-१० बानियाटार हाईटमा बस्ने दोलखा तामाकोशी गाउँपालिका(७ घर भएकी २० वर्षीया रेबिका सुनारको कोठाबाट ल्यापटप १ थान, करिब ४० हजार रुपैयाँ, मोबाइल १ थान गरी करिब ५९ हजार बराबरको धनमाल बुधबार बिहान चोरी भएको छ । फरार चोरहरुको प्रहरीले खोजी गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसैगरी छत्रकोट गाउपालिका-६ नौधारा बस्ने सरस्वती सुनारको गोठमा कुडो पकाउने क्रममा आगो सल्कीयर बुधबार बिहान आगलागी हुँदा गोठ पूर्णरुपमा जलेर १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।
From neoali news

Fri-Jan-2019, 12:22 pm मा प्रकाशित, 519 जनाले हेर्नुभयो

Leave a Reply