स्याङ्जाको बेसारडाँडामा माघे सक्रान्ति मेला

- नेपाली सन्देश

हुम बहादुर गुरुङ्ग (चाक्ली तमु)

पौष, २९, पोखरा
स्याङ्जाको बिरूवा गाउँपालिका वडा नं–२, बेसारडाँडामा माघे सक्रान्ति मेला २०७५ आयोजना गरिने भएको छ । श्री लालीगुराँस युवा क्लबले आफ्नो २४ औं वार्षिकोत्सबको अवसर पारि विभिन्न खेलकुद एवं विधित सांस्कृति कार्यक्रम गरि मेला आयोजना गरिएको जानकारी दिइएको छ ।
माघ १ गते सक्रान्तिका दिन गाउँका बीच भागमा अबस्थित प्राकृतिक देवता सिल्दोनाल्दो (देवीथान) मा बोनबादीहरुले विधिवत पुजाआजा गरि मेला विधिवत रुपमा माघ २ गते बिरुवा गाउँपालिकाका अध्यक्ष श्री चुन प्रसाद शर्माज्युको प्रमुख आतिथ्यतामा समुत्घाटन हुनेछ ।
२ गते देखि ९ गतेसम्म आयोजना हुने मेलामा परम्परागत खुल्ला छेलो हान्ने प्रतियोगिता, घैंटो फुटाइ कार्यक्रम तथा ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरू बरिस्ठ लोक गायक कृष्ण गुरूङ, लोक गायिका भीमकला गुरूङ, बासमति गुरूङ र राममाया गुरूङ, पप गायक प्रेम गुरूङ र डान्सरहरू दिक्षा गुरूङ, करूणा गुरूङ ,चन्द्र गुरूङ र त्यसैगरी स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहनेछ ।
मेलामा वार्ड स्तरीय पुरुष भलिबल प्रतियोगिता, पुरुष भेट्रान्स (३५ बर्ष माथी) वार्ड स्तरीय भलिबल प्रतियोगिता हुने जानकारी खेल संयोजक तथा बरिष्ठ खेलाडी रिम गुरुङ्ग ज्यूले जानकारी दिनुभएको छ ।
पुरुष भलिबल तर्फ प्रथम, द्वितीय, तृतीय र चौथो हुने टिमलाई क्रमशः रू.५० हजार, ३५ हजार,२० हजार र ७ हजार (सान्त्वना स्वरूप) को नगद राशी सहित ट्रफी, मेडल र प्रमाण–पत्रले सम्मान गरिनेछ भने सिनियर टोली तर्फका बिजेता टिमहरूलाई क्रमशः ठुलो खसी र सानो खसीका साथमा प्रमाण–पत्रले सम्मान गरिने आयोजकले जनाएको छ ।
मेलामा स्थानिय स्तरमा उपलब्ध हुने विभिन्न कृषि जन्यबस्तु, संस्कार, संस्कृति, भाषा, भेषभुषा आदिलाई प्राथमिकता दिईने तथा स्थानीय स्तरमा उत्पादित कृषि बस्तुहरुको विभिन्न स्वादिलो परिकारहरु रहने छ भने स्थानीय स्तरमा रहेको हरेक गतिविलाई पहिचानहरुलाई संरक्षण गर्नु तथा स्थानिय स्तरमा लुकेर रहेको प्रतिभाहरुलाई प्रस्फोटन गराउनु मेलाको उद्देश्य रहेको छ । मेलामा बढी भन्दा बढी आर्थिक संकलन गरि सम्पूर्ण खर्च कटाएर बाँकी आम्दानीले समाज विकास तथा भौतिक संरचना निर्माण गर्ने जानकारी क्लबका अध्यक्ष श्री भिम बहादुर गुरुङ्गले जानकारी गराउनुभएको छ ।

Sun-Jan-2019, 03:08 pm मा प्रकाशित, 486 जनाले हेर्नुभयो

Leave a Reply