स्याङ्गजाको बिरुवा गाउँपालिकामा पालिका स्तरिय तमु समाज गठन

- नेपाली सन्देश

हुम बहादुर च्हाक्ली तमु
माघ २१, पोखरा
“प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु” भने मुल मन्त्रलाई आत्मासाथ गर्दै
मानिसहरु आफ्नै तरिकाले आफ्नो भाषा, भेषभुषा, संस्कार, संस्कृतिहरु संरक्षण गर्दै आइरहेको छ । भोलीका दिनमा यसरी आफ्नै तरिकाले हिड्दै जाँदा विस्तारै पहिचान हराउदै जान सक्ने सम्भावित परिस्थितिलाई मध्येनजर गर्दै संरक्षण तथा समन्वय गरी निरन्तरता दिई, सिक्ने तथा सिकाई लामो समय सम्म तमुको पहिचान जोगाउने उद्देश्यले स्याङजाको विरुवा गाउँपालिकामा पालिका स्तरिय तमु समाज गठन गरिएको छ । अलैचे तमु समाजका अध्यक्ष मेख बहादुर गुरुङ्गको संयोजकत्वमा विरुवा गाउँपालिका भित्रका सम्पूर्ण वडा, टोलहरुलाई समेट्ने किसिमले विभिन्न टोलका तमुहरुको उपस्थितिमा ३३ जनाको तदर्थ समिति गठन गरिएको छ ।
तदर्थ समितिका संयोजक मेख बहादुर गुरुङ्ग, सह–संयोजक चुनु माया गुरुङ्ग, सचिव प्रेम कुमारी गुरुङ्ग, सह–सचिव जमुना गुरुङ्ग, कोषाध्यक्ष मिन बहादुर गुरुङ्ग, तथा अन्य सदस्यहरु गरी जम्मा २९ रहेको छ ।
जुन समितिले त्यस क्षेत्रमा रहेका सम्पूर्ण तमुहरु हरेक समाजिक तथा भाषा, संस्कार, संस्कृतिकमा सहयोगहरु आदान प्रदान गर्ने सम्पुण तमुहरुलाई एक जुट बनाउनु समितिको मुल उद्देश्य रहनेछ । साथै समितिले कार्य गर्नका लागि केही दिनमा बैठक बसी समय अनुकुल खालको नियम अपनाउने जानकारी समितिका सदस्य श्री डोल बहादु गुरुङ्ग (सुरज) लो जानकारी गराउनुभएको छ ।

२०७५ माघ २२, मंगलवार १४:३७ गते मा प्रकाशित, 288 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *