आफ्नै आमाले चार वर्षीया छोरालाई विष खुवाई हत्या गरे पराई सङ्ग प्रेम सम्बन्ध जोगाउन

- नेपाली सन्देश

काठमाडौं, माघ २४ । सल्यानमा आमाले आफ्नै चार वर्षीया छोरालाई विष खुवाई हत्या गरेको खुलासा भएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका–४ सँगुरपोखरीकी एलिशा खत्रीले आफ्नै छोरा समीर खत्रीलाई विष खुवाई हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

गत २८ पुसमा बिहान आफ्नै घरमा छोराको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । श्रीमान् लिलाधर खत्रीसँग राम्रो सम्बन्ध नभएका कारण उनले अपरिचित व्यक्तिसँग फोन सम्पर्क गर्दै आएकी थिइन् ।

आफू अविवाहित हुँ भनी प्रेम सम्बन्ध राख्नका लागि खत्रीले आफ्नै छोराको हत्या गरेको सल्यानका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए ।समाचार राजधानी दैनिकले प्रकाशित गरेको छ ।

Thu-Feb-2019, 12:54 pm मा प्रकाशित, 247 जनाले हेर्नुभयो

Leave a Reply