हङकङमाथि नेपालको सहज जित, नेरीले लिइन् ६ विकेट

- नेपाली सन्देश

१२ फागुन, काठमाडौं । नेरी थापाको घातक बलिङसँगै नेपालले आईसीसी वुमन्स टी–२० विश्वकपको एसिया छनोटमा हङकङमाथि ४ विकेटको सहज जित हात पारेको छ ।६३ रनको लक्ष्य पछ्याएको नेपालको सुरुवात भने राम्रो रहेन । स्कोर बोर्डमा मात्र ५ रन हुँदा काजल श्रेष्ठ व्यक्तिगत ४ रनमा आउट भइन् । नेपालले थप २ रन जोड्दा सीता राना मगर आउट भइन् । उनले खाता नै खोल्न सकिनन् ।

इन्दु बर्मा र रुविना क्षेत्रीले चलिनन् । तर, अप्सरी बेगमले सरिता मगरसँग मिलेर नेपालको पारी सम्हालिन् । दुबैले पाँचौं विकेटका लागि ३२ रनको साझेदारी गरिन् । बेगम २४ रनमा आउट भइन् । बेगम आउट हुँदा नेपाललाई ७ रन चाहिएको थियो । तर, थप दुई विकेट गुमाएर ९ बल बाँकी छँदा भेट्टायो । सरिता मगर १६ रनमा अविजित रहिन् ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६२ रन बनाएको थियो । उसलाई सस्तैमा समेट्ने क्रममा नेरीले घातक बलिङ गर्दै ६ विकेट लिइन् । ४ ओभर बलिङ गरेकी उनले मात्र ८ रन दिएकी थिइन् ।

२०७५ फाल्गुन १२, आईतवार ११:३० गते मा प्रकाशित, 145 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *