पोखरा महानगरका कर्मचारी घुस लिदा लिदै रंगेहात (भिडियो सहीत)

- नेपाली सन्देश

पोखरा महानगरका एक कर्मचारी घुस लिदै गर्दा रंगेहात फेला परेका छन । घुस मागेको भन्ने बिषयमा पोखराका एक सेवाग्राहीको सुचना आएपछी गण्डकी टेलिभिजनको चर्चित कार्यक्रम गण्डकी छड्केले ति कर्मचारी माथी ‘स्टिङ अपरेशन’ गरेको थियो । अपरेशन पश्चात महानगरका भिमराज शाही रंगेहात फेला परेका हुन । गण्डकी छड्केले जुटाएका सम्पुर्ण प्रमाणहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखरामा बुझाइएको छ । अख्तियारले उनलाई पक्राउ गरी म्याद थप गरी थप अनुसन्धान गरीरहेको छ ।

 

पोखराका एक सेवाग्राहीको काम गरीदिने भन्दै उनले ६ हजार रुपैया घुस मागेका थिए । घुस रकम सानो देखिएपनी फाइल खोजिदिएको बापत मात्रै ६ हजार माग्नु सानो रकम थिएन । रंगेहात फेला परेपछी उनले एक दिनमा ५० वटा फाइलहरु खोज्ने गरेको बताएका छन । गण्डकी टेलिभिजनका लागी अपिल त्रिपाठीले संचालन गर्ने गण्डकी छड्केको बिशेष ‘स्टिङ अपरेशन’ तलको भिडियोमा हर्नुहोस

२०७५ चैत्र १६, शनिबार १०:१८ गते मा प्रकाशित, 218 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *