आफ्नै बुढीले बल्छीलाई सोधे मेरी बास्सै छोड्नुको कारण..(भिडियो सहित)

- नेपाली सन्देश

काठमाडौँ । बल्छी धुर्वे र राजु मास्टरले हास्य टेलिश्रृंखला मेरी बास्सै छोडेका छन् । नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको लोकप्रिय टेलिश्रृंखला मेरी बास्सैमा अभिनयसँगसँगै निर्देशन पनि गर्दै आएका प्रमुख कलाकार मरिचमान श्रेष्ठ (बल्छी धु्र्वे) र राजु पौडेल (राजु मास्टर) अलग भएको घोषणा गरेका हुन् ।

कार्यक्रम उत्पादक मिडिया हबसँग केही कुरामा चित्त नबुझेपछि उनीहरु अलग भएका हुन् । उनीहरुले कार्यक्रम छोडेको घोषणा फेसबुकमार्फत गरेका छन् ।

तर, मिडिया हबले भने राजु मास्टर र बल्छी धुर्वे मेरी बास्सैलाई राम्रो बनाउनुको साटो यूट्युव कार्यक्रम निर्माणमा बढी व्यस्त हुन थालेको आरोप लगाएका छन् । उनीहरुले सहमतिमै टेलिश्रृंखला छोडेको मिडिया हबको भनाइ छ ।

करिब एक दशक अघि सुरु भएको यो श्रृंखला सीताराम कट्टेल (धुर्मुस) तथा केदार घिमिरे (माग्नेबुढा) ले सुरु गरेका थिए । पछि उनीहरुमा पनि विवाद देखिएपछि बल्छी धुर्वे र राजु मास्टरले यसको जिम्मेवारी पाएका थिए ।

२०७५ चैत्र २१, बिहीबार १३:४४ गते मा प्रकाशित, 273 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *