भोजपुरमा श्रीमानले श्रीमतीको हत्या गरेकाे आशंकामा श्रीमान पक्राउ

- नेपाली सन्देश

भोजपुर – पौवादुङ्मा गाउँपालिका वडा नम्बर ४ मा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । १९ वर्षीय रमेश पौडेलले १९ वर्षीया श्रीमती जानुका पौडेल थापाको धारिलो हतियारले घाँटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

घरको भान्सा कोठामा जानुका पौडेलको शव फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी केशव कुमार थेवेले बताउनुभयो । हत्या गरेको आशंकामा श्रीमान पौडेललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको डीएसपी थेवेले बताउनुभयो ।

श्रीमतीको हत्या गरेको श्रीमानले स्वीकारेका छन् । मृतक पौडेलेको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल भोजपुरमा ल्याइएको छ । उनीहरुका दुई महिनाको एक छोरा छन् ।source: ujjaylo online

Wed-Apr-2019, 01:34 pm मा प्रकाशित, 352 जनाले हेर्नुभयो

Leave a Reply