भर्खरै लुक्ला विमानस्थलमै हेलिकाेप्टर र जहाज ठाेक्किँदा ४ जनाकाे मृत्यु, थप विवरण आउन बाँकी

- नेपाली सन्देश

काठमाडौँ – लुक्लामा समिट एयरको विमान दुर्घटनामा परेको छ । उडान भर्ने क्रममा समिट एअरको विमान र मनाङ एअरको हेलिकप्टर ठोक्किँदा दुर्घटना भएकाे बताइएको छ ।

 

समिट एयरको ९ एन–एएमएच विमान मनाङ्ग एयरको हेलिकप्टर ९ एन–एएलसीसँग ठोक्किएको हो । उडान भर्ने क्रममा विमान हेलिकप्टरसँग ठोक्किएपछि आगो लागेको थियो । हेलिकप्टरका पाइलट सिबी गुरुङको उद्धार गरिएको जनाइएको छ ।

हेलिकोप्टर र विमान एकआपसमा ठोक्किँदा पाइलटसहित चारजनाको मृत्यु भएको भएको खबर प्राप्त भएको छ । घटनामा पाइलट र सुरक्षाकर्मीसहित ४ जनाको मृत्यु भएको पुष्टि भएको छ । अरु विस्तृत विवरण आउन बाँकी छ ।

Sun-Apr-2019, 08:34 am मा प्रकाशित, 197 जनाले हेर्नुभयो

Leave a Reply