मलेसियामा हार्टअट्याकका कारण मृत्यु भएको नेपालीको शव छानविन विनानै नेपाल ल्याइयो

- नेपाली सन्देश

काठमाडौं । सर्लाहीका शिवजी महतोलाई रोजगारीका लागि मलेसिया गएको उनका छोरा विशेश्वर महतोको हार्टअट्याक भयो भन्दै उमेश बैठाले फोन गरे । फोनमा भनियो विशेश्वरलाई दिलको दौरा परेका कारण अस्पताल लगियो ।

तर पछि तिनै व्यक्तिले विशेश्वरको मृत्यु भएको भन्दै शव ल्याउनक लागि छिटो–छिटो वडा कार्यालयको सिफरिस पठाउन भने । परिवारले एजेन्टलाई फ्याक्स गरी शव झिकाउन सिफरिस पठायो ।

विशेश्वरको हार्टअट्याकका कारण मृत्यु भएको भनि मेडिकलको पत्र पनि छ । दुतावासको पत्र छ, शव ढुवानी गर्न भनि वैदेशिक रोजगार विभागको छ । यो सवै प्रकृया पु¥याएर शव नेपाल पनि पठाइयो । तर त्यही बेला विशेश्वरका आफन्तलाई शंका लाग्छ र उनले यो भिडियो बनाउछन् । उमेशका आफन्तलाई शुरुमा अस्पताल बोलाइयो, उनी आउदै गर्दा विशेश्वको मृत्यु भइसकेको भन्दै अस्पतालमा नभई क्लिनिकमा बोलाएपछि उनले यो मिडियो खिचेका हुन् ।

विशेश्वरका साथीहरु र मलेसियामै रहेका अन्य नेपालीहरुको सहयोगमा उनको शव नेपाल पठाइयो । जब उनका बुवा शिवजी महतोले छोराको शव हेरे । छोराको शरीर भरी घाउ थियो । उनलाई हार्टअट्याक भन्दा पनि कुटपिटबाट छोराको मृत्यु भएको हो भनि शंका लाग्यो र उनले उमेश बैठालाई फोन गरे । उमेशले पनि फोनमा चिन्टु र अर्का व्यक्तिको झगडा हुदा विशेश्वरले छुटाउन जाँदा चोट लागेको बताए ।

तर डाक्टरका अनुसार भने मृत्युको कारण हार्टअट्याक भएपनि कुटपिटका कारण त्यसो भएको भए सम्बन्धीत व्यक्तिहरु माथि अनुसन्धान गर्नुपर्ने हुन्छ । फरेन्सिक बिज्ञ डाक्टर जेनस आचार्यका अनुसार घाउ चोट भएको अवस्थामा विरामीको हार्टअट्याकबाट मृत्यु भएको अवस्थामा डाक्टरले मृत्युको कारण नलेखी प्रहरीले मुचुल्का उठाई अनुसन्धान गर्नु पर्ने हुन्छ ।

डाक्टरको यो भनाइ विश्वसरमाथि कुटपिट भएको भनि उनकै साथीले स्विकार गर्नुले उनको मृत्यु शंकास्पद देखिन्छ । हामीले विशेश्वरको मृत्युको कारण नखोजी शव काठमाडौं ल्याउने किन अनुमति दिएको भनि मलेसिया स्थित नेपाली दुतावासका प्रथम सचिव विनोद मुखियालाई सोध्यौ । उनका अनुसार फेरी पनि परिवारका सदस्यले यस विषयमा छानविन गर्न दुतावासलाई निवेदन दिए दुतावासले थप छानविन गर्ने बताए ।

Sun-Apr-2019, 10:06 am मा प्रकाशित, 216 जनाले हेर्नुभयो

Leave a Reply