भोजपुर सदरमुकाममा आगलागी

- नेपाली सन्देश

२ जेठ, भोजपुर । भोजपुर सदरमुकाम नजिकैको पोखरे क्षेत्रमा आगलागी भइरहेको छ । भोजपुर नगरपालिका वडा नं. ७ स्थित बरवोट टोलमा बिहीबार दिउँसो १ बजेदेखि आगलागी भएको हो ।

स्थानीय बखत श्रेष्ठको घरबाट शुरु भएको आगलागी नियन्त्रणबाहिरको अवस्थामा पुगेको छ । नजिकैको घरमा समेत आगो फैलिएको प्रहरीले जनाएको छ

आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय वासिन्दा खटिएका छन् । सडक साँघुरो भएका कारण भोजपुर नगरपालिकाको दमकल पुग्न सकेको छैन ।

खानेपानीको लाइनबाट पानीले आगो निभाउने प्रयास भए पनि पानी पर्याप्त नहुँदा क्षती तथा जोखिमको संभावना बढ्दो छ । घरभित्र रहेका खाना पकाउने ग्यासको सिलिण्डरहरु पड्किदा आगो झन् फैलिएको छ ।

Thu-May-2019, 09:12 am मा प्रकाशित, 63 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *