हट नायिका सुष्मा कार्कीले काम नै पाउन छाडेकी हुन् ? अहिले गर्छिन् यस्तो फरक काम

- नेपाली सन्देश

अभिनेत्री शुष्मा कार्कीको हातमा अहिले फिल्मको प्रोजेक्ट शुन्य छ । दर्शकले लामो समयदेखि फिल्मी पर्दामा शुष्मालाई देख्न पाएका छैनन् । यद्यपि शुष्मा सामाजिक सञ्जाल फेसबुक र टिकटकका भित्तामा छाइरहन्छिन् ।फेसबुकमार्फत शुष्माले आफ्नो शुभेच्छुकलाई न्यास्रो हुन दिएकी छैनन् । मौसम अनुसारको तस्वीरले भरिन्छ उनको फेसबुके भित्तो । गर्मी बढ्यो । अहिलेउनको फेसबुक स्विमिङका तस्वीरले भरिएका छन् ।

टिकटकमा पनि उस्तै सक्रिय छिन् उनी । टिकटकमा शुष्मा राना कार्कीको युजरनेममा सक्रिय रहेकी उनलाई एक लाख १६ हजारले फलो गरेका छन् । ठीकै छ ।अब निर्माता÷निर्देशकले नपत्याएपछि कुनै न कुनै माध्यमबाट भए पनि उपस्थिती त देखाउनै प–यो ।शुक्रबार साप्ताहिकमा खबर छ । एक लाख बढी दर्शकहरुले टिकटै नकाटी, उनको अभिनय र झट्का हेर्न पाएका छन् ! दर्शकका लागि फाइदाकै कुरा हो ।

Thu-May-2019, 09:55 am मा प्रकाशित, 128 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *