दुखद घटना ट्रकले किचेर एकै परिवारमा ६ जनाको मृत्यु,

- नेपाली सन्देश

काठमाडौ । कार दुर्घटनामा एकै परिवारमा ६ जनाको ज्यान गएको छ । यमुना एक्सप्रेस ओयमा आज बिहान ट्रकले कारलाई ठक्कर दिदाँ एकै परिवारमा ६ जनाको ज्यान गएको हो ।उक्त दुर्घटनामा परी ४ जना गम्भीर घाइते भएको अधिकारीले बताएका छन् । ज्यान गुमाउनेहरुमा तीन महिला र एक १३ वर्षीया बालिका पनि छन् । यो दुर्घटना मथुरा देखि करीब ३० किमी टाढा बलदेव क्षेत्रमा भएको हो ।कारमा सवार व्यक्तिहरु ताजमहल घुमफिरका लागि आगरातर्फ गइरहेका थिए । एसपी आदित्य कुमार शुक्लाले दिएको जानकारी अनुसार गौतमबुद्ध नगरमा वस्दै आएका प्रेमचन्द्र शर्माको परिवार आज ताजमहल हेर्नका लागि भनेर यात्रामा निस्केको थियो ।यमुना एक्सप्रेस–वे मा सराय सालवाहन गाउँ नजिकै ट्रकले कारलाई ठक्कर दिएको हो । घटनास्थालमा ५ जनाको ज्यान गएको थियो भने अर्का एक जनाको अस्पताल लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको हो ।दुर्घटनामा घाइते भएकाहरुको आगराको कृष्णा अस्पतालमा उपचार भइरहेको छ । एसपीका अनुसार कार पुर्ण रुपमा क्षतिग्रस्त भएको छ । शव निकाल्नको लागि गैस कट्‌टर प्रयोग गरिएको छ ।दुर्घटना पछि ट्रक चालक

फरार भएका छन । प्रहरीले उनलाई खोज्ने काम तिव्र रुपमा अगाडी बढाएको छ । घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको छ ।यस्तै भारतको गुजरात राज्यस्थित एउटा होटलको सेफ्टी ट्यांकी सफा गर्ने क्रममा सात जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्यांकी सफा गर्न बोलाइएका चार जना मजदुर र उनीहरुलाई सघाएका होटलकै तीन जना कामदार रहेको प्रहरीले जनाएको छ ।घटनामा होटलका मालिक पनि दोषी देखिएको स्थानीयले बताएका छन् । होटलका मालिकले ट्यांकी सफाइ गर्ने बेला पर्याप्त स्रोत साधनको प्रयोग नगरेर लापरबाही गर्दा घटना भएको प्रहरीले जनाएको छ ।ट्यांकी सफा गर्न सुरुमा एक जना पसेको र उनी बाहिर ननिस्किएपछि उनलाई निकाल्न भन्दै अरु व्यक्ति भित्र पस्दा धेरैको मृत्यु भएको उद्धार कार्यको नेतृत्व गरेका भाडोडाराका अग्नि नियन्त्रक अधिकृत निकुन्ज आजादले जानकारी दिए ।सफाइका लागि आएका चार जना बाहिर आउन नसकेपछि होटलमा काम गर्ने अरु तीन जना पनि भित्र पसेका थिए । उनीहरुको मृत्यु भएको बताइएको हो । भारतमा हरेक वर्ष यस्तै घटनामा परी सयौं मजदुरको मृत्यु हुने गरेको छ ।

Thu-Jun-2019, 06:39 am मा प्रकाशित, 124 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *