पोखरामा ग्याङ फाइट, आफ्नै साथीमाथि खुकुरी प्रहार

- नेपाली सन्देश

पोखरा – पोखरामा दुई समूहबीच लफडा हुँदा आफ्नै साथीमाथि खुकुरी प्रहार भएको छ । बगरको नयाँ गल्लिमा फेसबुकमा केटीको विषयमा विवाद बढेपछि खुकुरी प्रहार भएको हो ।

फेसबुकमा पोखराको कास्कीकोट घर भई बागलुङ बसपार्क बस्दै आएका १६ वर्षीय विपिन सुवेदी र बगरका विजय तामाङको बीचमा चर्काचर्की भएको थियो । त्यसले गर्दा यो विषय खुकुरी प्रहारसम्म पुगेको प्रहरीले जनाएको छ ।

सोमबार दिउँसो १ बजेतिर विपिनको समूहले विजयको समूहमाथि खुकुरी प्रहार गरेको हो । खुकुरी प्रहार पछि विपिन समूहका एकजनाको औंला काटीएको छ ।

यस्तै विजयको टाउकोमा चोट लागेको छ । घटनापछि दुवै समूहलाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय बगरका प्रमुख दिपक बहादुर थापाले बिग खबरलाई जानकारी दिए । प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Wed-Jul-2019, 03:44 am मा प्रकाशित, 203 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *