विद्यार्थी भर्नामा निजि विद्यालयहरुको मनपरि | विद्यार्थीहरुको भविष्यमाथीको चलखेल स्विकार्य छैन् : अनेरास्ववियु

- नेपाली सन्देश

माध्यमिक शिक्षा परिक्षा एसईईको परिक्षाफल प्रकाशन भएपछि अहिले मुलुकभरका घरानिया भनिएका नीजि विद्यालयहरुले नयाँ विद्यार्थी भर्नाको प्रक्रिया सुरु गरेका छन् । तर, उनिहरुले सुरु गरेको विद्यार्थी भर्ना प्रक्रिया राज्यको नियम विपरित रहेको भन्दै सरोकारवालाहरुले भने चर्को आलोचना गरेका छन् । राज्यले निर्धारण गरेको मापदण्डको वेवास्ता गर्दै ट्यालेण्ट (पढाईमा तगडा) विद्यार्थीहरु आकर्षण गर्ने र तुलनात्मक रुपमा कमजोर विद्यार्थीहरुलाई निरुत्साहन गर्ने अभिप्रायले विभिन्न विद्यालयहरुले आफै मापदण्ड निर्धारण गरि भर्ना सुरु गरेको भनि विद्यार्थी संगठन अनेरास्ववियु कास्कीले विरोध समेत जनाएको छ ।“विद्यार्थीहरुको भविष्य अन्यौलमा पार्ने र उनिहरुको शैक्षिक विकासमा रोक लगाउने गरि पोखराका केही विद्यालयहरुले आफुखुसी मापदण्ड तोकेर विद्यार्थी भर्नाको प्रक्रिया सुरु गरेका छन्, अनेरास्ववियु भुगोल कमिटि कास्कीका अध्यक्ष शेखर गौतमले भने, राज्यले तोकेको मापदण्डलाई वेवास्ता गरि शैक्षिक माफियाहरुले शिक्षाको व्यापार गरिरहेको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।” उनका अनुसार पोखरामा क्रियाशिल सगरमाथा, ग्लोबल, जिविएस, एशोएस र मदरल्याण्ड लगायतका विद्यालयहरुले यस सम्बन्धमा मनपरि गरिरहेका छन् । गौतमद्धारा जारी विज्ञप्तीमा भनिएको छ, “शिक्षा विभागले २ जिपिए ( सि प्लस विज्ञान, गणीत) ल्याएको विद्यार्थीलाई विज्ञान विषय अध्ययन गर्न दिने प्रबन्ध र १ दशमलव ६ जिपिए ल्याएकालाई व्यवस्थापन, मानविकी र शिक्षा संकाय अध्ययन गर्न बाटो खुला गरेको छ । तर, पोखरामा केही शैक्षिक संस्थाहरु (सगरमाथा, ग्लोबल, जिविएस, एशोएस र मदरल्याण्ड) ले ३ दशमलव २ जिपिए ल्याएकाले मात्र प्रतिष्पर्धा गर्न आउनुहोला भनि बाटो रोकेकामा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।” आज दिउँसो १२ बजे सम्म ति विद्यालयहरुले आफ्नो गलत निर्णय नसच्चाए गम्भिर धक्का दिन बाध्य हुने उनले चेतावनी समेत दिएका छन् ।यसैविच शिक्षा विकास तथा समन्वय इकाई समिति कास्कीका प्रमुख नारायण प्रसाद सुवेदीले भने केहि विद्यालयहरुले नियम विपरित गरेको सुचना प्राप्त भएको जानकारी दिदै सच्चिनका लागी आग्रह सहितको सुचना जारी गर्ने तयारी गरिरहेको बताए । राज्यले तोकेको मापदण्ड सवैका लागी एकै हुने बताएका उनले गलत गर्नेलाई नियमअनुसार कार्वाही समेत गर्ने बताएका छन् । विगत देखी नै निजी विद्यालयहरुले राज्यका नियमहरु नमान्ने र शिक्षाको क्षेत्रमा व्यापार गर्ने गरेको भनि गुनासोहरु चौतर्फी रुपमा आउने गरेका छन् ।

Thu-Jul-2019, 06:11 am मा प्रकाशित, 158 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *