२५ सयमै बाईक र १० हजारमै बोलेरो कार

- नेपाली सन्देश

जनकपुर भन्सार कार्यालयले विभिन्न ब्राण्डका ३ सय ६१ वटा सवारीसाधनहरु लिलामी गर्ने भएको छ । बिक्री गर्ने सवारीसाधनहरुमा मोटरसाइकल धेरै मात्रामा छन् भने कार, जीप, बोलेरो जीप लगाएतका छन् ।

बुधबार सुचना निकाल्दै तीन सय ६१ आइटमहरु लिलामीमा बिक्री गर्ने गरि इच्छुन नेपाली नाग।िक तथा नेपाली फर्महरुबाट गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ ।

दुई खण्डमा प्रकाशित भएको एक्त सूचनामा पहिलो खण्डमा १ सय ८१ आइटम तथा दोस्रो खण्डमा १ सय ८० आइटम राखिएको छ भने इच्छुक नेपालीहरुले सूचना प्रकाशित भएको २१ ीदन भित्र गोप्य शिलबन्दी पेश गर्नु पर्नेछ ।

आफुले इच्छाइएको सवारीको कबोल गरेको रकमको १० प्रतिशत् रकम को.लो.नि.का. धनुषा षखाको धरौंटी खाता नं. १२२०२०३०००००० राष्ट्रिय बाणिज्य बैंक जनकपुर शाखामा कार्यालयको कोड नं. ३०५०२१७०१ राखी जम्मा गरेको भौचर सक्कलै भौचर बुझाउनु पर्ने जनाएको छ ।

सवारी साधनहरु ह्ेर्न वा थप जानकारी लिनु परेमा हरेक हप्ताको शुक्रबार दिनको १५ः०० बजे देखि १७ः०० बजेसम्म सम्पर्क गर्न सकिने छ ।

२०७६ असार १९, बिहीबार ०६:१९ गते मा प्रकाशित, 154 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *