अञ्जली अधिकारीको क्रस ब्रिटिश आर्मी

- नेपाली सन्देश

अञ्जली अधिकारी पछिल्लो समयकी निकै व्यस्त मोडल हुन् । उनी धेरैजसो लोकदोहोरी गीतमा देखिने गर्छिन् । त्यसबाहेक उनी देश तथा विदेशका सांस्कृतिक कार्यक्रममा पनि निकै व्यस्त छिन् । अञ्जली भन्ने बित्तिकै सबैले बोल माया र गलबन्दी गीतलाई नै सम्झन्छन् ।
अञ्जली अहिले तीजका गीतमा धेरै व्यस्त छिन् । यस्तै अञ्जलीले पहिलो पटक मिडियामा आफ्नो प्रेमी खुलाएकी छिन् । अञ्जलीलाई एक अन्तवार्तामा र्यापिड फायर भन्ने गेम खेलाइएको थियो । जहाँ अञ्जलीले एक वाक्यमा प्रश्नको जवाफ दिनुपर्ने थियो ।
अञ्जलीलाई तपाईको क्रस को भन्दा उनले हाँस्दै छ एउटा ब्रिटिश आर्मी भनेकी थिइन् । त्यस्तै उनले आफ्नो पहिलो प्रेम १० कक्षामा पढ्दा भएको पनि बताइन् । अहिले अञ्जलीको उक्त अन्तवार्ताले युट्युबमा स्थान बनाइरहेको छ ।

नायिका वर्षा राउत र आँचल शर्मा बिच सम्बन्ध मिडियामा मात्र हो ?

चलचित्र नगरीका नायक नायिकाहरू आफु बिच जस्तो जे भए पनि बाहिर भने ठीकठाक नै देखाउन चाहन्छन् । मिडियामा बन्ने गसिपबाट टाढा हुन र दर्शकको दृष्टिकोण आफूप्रति राम्रै नै होस् भन्ने चाहेर पनि होला हत्तपत्त कसैसँग नराम्रो भएको देखाउन नचाहेको होलान् ।
यस्तै देखिएको छ अहिले नायिका वर्षा राउत र आँचल शर्मा बिच पनि । आँचल र बर्षाले एउटै ब्यानर बाट डेब्यु गरेका हुन । बिकास राज आचार्यको नाइ नभन्नु ल ४ बाट डेब्यु गरेका यि दुई नायिकाको सिने नगरीमा खुबै चर्चा हुने गर्छ । सँगै काम गरेका कलाकार बिच दुस्मनी बढेको पनि देखिएको छ र अत्ती नै मिलेको पनि । आँचल र बर्षाले सँगै काम गरे पनि उनिहरु बिच न त राम्रो दोस्ती नै छ न त दुस्मनी नै । हुन त दुई बिच खासै राम्रो नभएको पनि सुनिन्छ तर सार्वजनिक कार्यक्रम र मिडियामा भने सधैं आफुहरु मिल्ने साथी हो नै बताउछन् । यि दुईले नाई नभन्नु ल ४ पछी सँगै काम गरेको चलचित्र दाल भात तरकारी हो जसले भर्खरै ५१ दिन मनाएको छ । चलचित्रको सक्सेस पार्टिमा दुबै नै उपस्थित थिए । मिडिया अगाडि दुबै एक अर्काको नै तारिफ गर्दै थिए र एक अर्काको लागि नै बोल्दै थिए । तर उनीहरु धेरै नजिक भने छैनन् । आँचल र बर्षालाई एक अर्काको प्रतिस्पर्धी मानिन्छ । त्यसैले एक अर्कासँग धेरै नखुलेको हो कि जस्तो लाग्छ । फेरी मिडियामा उनीहरुको कुरा सुन्दा अत्यन्तै मिल्ने साथी हुन कि जस्तो पनि लाग्छ । कतै वर्षा र आँचलको मित्रता क्यामेरा अगाडि मात्रै पो हो कि ?

Thu-Jul-2019, 06:26 am मा प्रकाशित, 182 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *