Breaking News!!!धनुषामा गएराति भएको शक्तिशाली बम विस्फोटमा परि एकै परिवारका बाबु छोरा सहित एक जना प्रहरी अधिकृतको मृत्यु भएको छ

- नेपाली सन्देश

धनुषामा गएराति भएको शक्तिशाली बम विस्फोटमा परि एकै परिवारका बाबु छोरा सहित एक जना प्रहरी अधिकृतको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते भएका छन्।
प्रदेश २ को राजधानी जनकपुर देखि १६ किमि उत्तर धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको मुख्य बजार केन्द्र वडा नं. ५ महेन्द्रनगर बजारमा शुक्रबार मध्यराति ४६ वर्षीय राजेस साहको घरमा राखिएको बम विस्फोट हुँदा राजेश र उनका छोरा २४ वर्षीय आनन्द साहको घटना स्थलमै मृत्यु भएको हो। र सोहि विस्फोटमा परि इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी इन्चार्ज प्रहरी निरिक्षक अमिर कुमार दाहालको उपचारको लागि अस्पताल लादै गर्दा बाटो मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
विस्फोटमा परी राजेश साहको कान्छो छोरो १४ वर्षीय प्रकाश साह, छोरी २२ वर्षीया निक्की कुमारी साह र बुबा ७३ वर्षीय भिखारी साह घाईते भएका छन् भने प्रहरी जवान रिजनाथ कुमार महतो घाईते भएका छन्

Sat-Dec-2019, 10:23 am मा प्रकाशित, 116 जनाले हेर्नुभयो

Leave a Reply