म्याग्दीका ४० वर्षीय गमप्रसाद पुन ४ दिनदेखि बेखबर याे Post Share गरेर सहयोग गरिदिनु होला ।

- नेपाली सन्देश

बेनी, १३ पुष । म्याग्दीका एक व्यक्ति चार दिनदेखि बेखबर भएका छन् । भारतबाट रोजगारी गरेर घर फर्कने क्रममा म्याग्दीको मंगला गाउँपालिका–३ आल्टाका ४० वर्षीय गमप्रसाद पुन हराएका हुन् ।

भारतको मद्रसामा सेक्युरिटी गार्डको रुपमा काम गर्दै आएका पुन पुष ६ गते कम्पनीबाट बिदा लिएर छुट्टी मनाउन नेपालतर्फ लाग्नुभएको थियो । पुष ९ गते बिहान ६.३० बजे गोरखपुरबाट सामाजिक सञ्जाल म्यासेन्जरमा परिवारलाई सम्पर्क गरेका पुनको अवस्था त्यसयता बेखबर भएको परिवारका सदस्यले बताएका छन् ।

गोखरपुरबाट हिडेको चार दिनसम्म पनि घर आइनपुगेपछि परिवारले जिल्ला प्रहरी कार्यालय म्याग्दीमा निवेदन दिनुका साथै खोजीका लागि अपिल गरेका आफन्त लोकेश पुनले बताउनुभयो ।

Mon-Dec-2019, 04:32 am मा प्रकाशित, 132 जनाले हेर्नुभयो

Leave a Reply