पोखरामा ३ सवारीसाधन एकापसमा ठक्कर खाँदा २ जनाको मृत्यु

- नेपाली सन्देश

१६, पुष । पोखरामा सवारी दुर्घनामा परी आज राति दुई जनाको मुत्यु भएको छ । पोखराको पृथ्बीचोक देखि चाउथे तर्फ जादै गरेको मोटरसाइकल र जिप एक आफसमा ठक्कर खाएसँगै विपरित दिशाबाट पोखरा तर्फ आउदै गरेको बसले  ठक्कर दिँदा मोटरसाइकल चालक र जिप चालकको मुत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ग १३ प ९५३७ नम्बरको मोटरसाइकल चालक रोनस गुरुङ र ग २ च २७२६ नम्बरको जिप चालक सरोज लामाको सवारी दुर्घटनामा परी मुत्यु भएको हो । मोटरसाइकल चालक तनहुँ थप्रेकका १९ बर्षीय गुरुङ हाल पोखरा चाउथे बस्दै आएका थिए भने जिप चालक ३६ बर्षीय लामा पोखरा २९ भण्डारढिक सैनिक बस्तीमा बस्दै आएका थिए ।

दुबै जनाको शव हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । आज राति करिब २ः५० बजे दुर्घटनामा गम्भिर घाइते भएका उनीहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्न ल्याएसंगै अस्पतालले मुत घोषणा गरेको हो ।

उक्त दुर्घटनामा परी जिपमा सवार पोखरा २९ का ३४ बर्षीय प्रेम परियार गम्भिर घाइते भएकाछन्। उनको टाउको र छाँतीमा गम्भिर चोट लागेको स्थानियले बताए । त्यसै गरी उक्त दुर्घटनामा गरी पोखरा ३१ का २३ बर्षीय दिल बहादुर परियार सामान्य घाइते भएकाछन् । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ । काठमाण्डौ देखि बाग्लुङका लागि आउदै गर्दा दुर्घटनामा परेको  ग१ख ९४०५ नम्बरको बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । sources:pokkharanews

Wed-Jan-2020, 06:22 am मा प्रकाशित, 201 जनाले हेर्नुभयो

Leave a Reply