काठमाडौं बाट हिंडेको यात्रु बाहक बस त्रिशुलीमा खस्यो

- नेपाली सन्देश

चितवनको इच्छाकामना गाउँपालिका–३, फिस्लिङस्थित त्रिशुली नदीमा आज बिहान यात्रुबाहक बस खसेको छ । बिहान सवा ९ बजे भएको दुर्घटनामा परि ७ जनाको मृत्यु भएको छ भने १५ जनाको उद्धार गरिएको चितवन प्रहरीले जनाएको छ । अन्यको उद्धारको प्रयास भईरहेको जनाइएको छ । मृत्यु भएका ७ जनामा ५ जना पुरुष र २ जना महिला रहेको चितवनका डिएसपी प्रभु ढकालले जानकारी दिए । एक बालकसहित २३ जना घाइतेलाई प्रहरीले उद्दार गरेको

छ। बस नदीमा डुवेको छ। बस भित्र कति यात्रु थिए भन्ने खुल्न सकेको छैन। बसमा ४० भन्दा बढी यात्रु रहेको आंशका गरिएको छ काठमाडौंबाटअर्घाखाँचीतर्फ जाँदै गरेको लु २ ख २९१ नम्बरको बस त्रिशुली नदीमा खसेको हो । ना ६ ख ४९७२ नम्वरको ट्रकसंग ठक्करखांदा वस नदिमा खसेको बताइएको छ । घाइतेलाई सामान्य उपचारपछि थप उपचारका लागी भरतपुर लगिएको छ । छ । गोताखोरको प्रयोग गरी बेपत्ताको खोजिकार्यभैरहेको छ । घटनास्थलमा अहिले सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीय मिलेर उद्दार गरिरहेको छ। थप उद्दारका लागि इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षक सन्जय तिमल्सिनाको टोली घटनास्थल पुगेको छ

Wed-Jan-2020, 08:32 am मा प्रकाशित, 128 जनाले हेर्नुभयो

Leave a Reply