एक महिनाकी सुत्केरी पुसको चिसोमा भोकभोकै

- नेपाली सन्देश

कटारी नगरपालिका–५ भुल्केकी यी महिला दोस्रो पटक सुत्केरी भएको एक महिना मात्र पुगेको छ । उनी पुसको यो चिसोमा पनि अर्काको गोठमा एक महिने शिशु र दुई वर्षकी छोरीसँगै बस्दै आएकी छन् ।उनका श्रीमान् सुस्त मनस्थितिका रहेकाले सुत्केरी महिलाले खानुपर्ने पौष्टिक आहारबाट उनले पाएकी छैनन् । अर्काको गोठमा बस्दै आएकी उनको परिवारको न त जग्गा जमीन छ, न त खाने चामल नै छ ।काखमा एक महिनाको बच्चा भएकाले कतै ज्याला मजदुरी गरेर छाक टार्ने अवस्थासमेत नभएकाले उनी भोकभोकै रहेको बताइएको छ ।

पुस महिनाको कठ्यांग्रिने जाडोमा शरीरलाई न्यानो बनाउने न त कपडा नै छ । अहिलेसम्म यो विपन्न परिवारलाई नगरपालिकाले समेत कुनै सहयोग नगरेको बताइएको छ । सहयोग गर्न चाहनु हुने महानुभावले 9818319982,9840418992 मा तत्कालका लागि काठमाडौंमा सम्पर्क गर्न सक्नुहुनेछ। तस्बिर : मुकुन्द कालिकोटेको फेसबुक

२०७६ पुष २१, सोमबार ०४:२६ गते मा प्रकाशित, 100 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *