समुद्रबाट माछा उफ्रेर घाँटीमा छिरेपछि एक युवक गम्भीर घाइते

- नेपाली सन्देश

इन्डोनेसियामा।

माछा उफ्रेर घाँटीमा टाँसिएपछि इन्डोनेसियामा एक युवक गम्भीर घाइते भएका छन् ।

युवकलाई बचाउँन शल्यक्रिया गर्नुपर्ने चिकित्सकहरूले बताएका छन् ।

दक्षिण पूर्व सुलावेसी प्रान्तस्थित समुद्रमा माछा मार्ने क्रममा मुहम्मद इदुल नामका १६ वर्षीय युवकको घाँटीमा निडल फिस अर्थात सुई माछा समुद्रबाट उफ्रिएर टाँसिएको हो ।

युवक बुबाआमासँग माछा मारिरहेका थिए । युवकको घाँटीमा माछा टाँसिएपछि घाँटीबाट माछा हटाउन जोखिमपूर्ण शल्यक्रिया गर्न अस्पताल लगिएको  छ।२ घण्टाको शल्यक्रियापछि चिकित्सकहरू उनको घाँटीबाट माछा निकाल्न सफल भएका छन् ।

सामाजिक सञ्जालमा भाइरल बनेका तस्बिरहरूमा माछाले मुहम्मदको घाँटीमा दाहिने भागबाट छेडेको देखाइएको छ ।

sources:rajmarga.com

 

८ माघ २०७६, बुधबार १५:२४ मा प्रकाशित, 479 जनाले हेर्नुभयो

Leave a Reply