आगोलागीले ६६ बर्षिय बृद्ध पदम गुरुङको खुशी लुटियो

- नेपाली सन्देश

सहयोगको लागि हार्दिक अनुरोध
आगोलागीले ६६ बर्षिय बृद्ध पदम गुरुङको खुशी लुटियो,
सानो घामपानी छेक्ने खरको झुपडी थियो त्यो पनि रहेन,
देवघाट गाउँपालिका वडा नम्बर ३ नाल्बुङ्ग वस्तीमा ६६ बर्षिय बृद्ध पदम गुरुङको घरमा आगोलागी भएको छ। आगोलागीले उहाँको घर पुर्ण रूपमा नष्ट भएको छ।
६६ वर्षीय गुरुङले आर्थिक अवस्था कम्जोर भएको बताउदै आँखा भरि आशुका ढिक्काहरु लिएर आफ्नो पिडाहरु उहाँले हाम्रो माझ यसरी व्यक्त गरेको थियो, बेलुकीको खाना बसालेर नजिकै बाख्रा गोठमा बाख्राहरुलाई घास दिएर फर्कदै गर्दा धुरी बाट धुवाँ जस्तो निस्किएको थियो तेस्को केही समयमै आगोकमुस्लो बल्न थाल्यो र हेर्दा हेर्दै क्षण भरमा आफू बस्ने सामान्य सानो घामपानी छेक्ने खरको झुपडी घर माटोमा खरानी भएको बताउनु भएको थियो।

सहयोगका लागी अपिल गर्नुभएका ६६ बर्षिय बृद्ध पदम गुरुङलाई इच्छुक सहयोगि महानुभवहरुलाई सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु।
सहयोगी ब्याक्तीहरुले यो नम्बरमा सम्पर्क गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु ।
(१) 9819182981( पदम गुरुङ/भविसर गुरुङ उहाँको श्रीमती)
(२) 9845195548 आशिक राना

Sat-Feb-2020, 02:03 am मा प्रकाशित, 119 जनाले हेर्नुभयो

Leave a Reply