तनहुँमा चितुवाको आक्रमणबाट २१ महिने बालीका घाइते

- नेपाली सन्देश

३ चैत । तनहुँको शुक्लागण्डकीमा पुनः एक बालीकालाई चितुवाले आक्रमण गरेको छ । सोमवार साँझ शुक्लागण्डकी–३ वनकेवा निवासी नारायण न्यौपानेकी २१ महिने सँस्कृति न्यौपानेलाई आक्रमण गरेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरिक्षक जगदिश रेग्मीले जानकारी दिए ।

साँझ आमाले बाथरुममा कपडा धुने क्रममासँगै रहेकी छोरीलाई चितुवाले आक्रमण गरेको थियो । आक्रमण लगत्तै आमाले छोरीलाई तानेर बचाउन सफल भएको वडा अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिए । घाइते बालीकाको दुलेगौंडास्थित तनहुँ सेवा हस्पिटलमा सामान्य उपचारपछि पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको प्रहरी निरिक्षक रेग्मीले बताए । बालीकाको पेट, खुट्टासहित विभिन्न अंगमा चोट लागेको छ । बालीकाको अवस्था खतरामुक्त रहको बताइएको छ ।

गत पुस १३ गते पनि सोहि वडाको वनकेवा रातमाटाका राजु नेपालीको २२ महिने छोरा रविन नेपालीलाई घरकै पिढीँबाट चितुवाले आक्रमण गरी लगेको थियो । भोलिपल्ट घरभन्दा एक किलोमिटर पर ढाङढुङे ठूलोपाखा श्यामपोखरी सामुदायिक वनमा बालकको शव क्षतविक्षत अवस्थामा भेटिएको थियो । त्यसयता राटमाटा आसपासका गाउँ वन्केवा, उदेढुंगा, कालीम¥याङ क्षेत्रमा निरन्तर चितुवा देखिरहँदा स्थानिय त्रासमा बाँचेका छन् । चितुवालाई नियन्त्रणमा लिन गस्ती गर्ने र परम्परागत काठको खोर बनाएपनि नियन्त्रणमा लिन सकिएको छैन् ।

गएको बुधबार पनि जिल्लाको बन्दीपुर गाउँपालिका–५ याम्पामा चितुवाले आक्रमण गरेको थियो । आक्रमणबाट लालबहादुर नेपालीका ७ बर्षिय छोरा अनुप नेपाली घाईते भएका थिए ।  छिमेकीको विवाह हेर्न आमासंगै गएका उनीमाथी आक्रमण भएको हो । घाईते बालक गण्डकी हस्पिटल पोखरामा उपचाररत छन् ।

डिभिजन वन कार्यालय तनहुँले दिएको जानकारी जिल्लामा दुई बर्षको अवधीमा १७ पटक चितुवाले आक्रमण गरेको छ । जसबाट ९ जना बालबालिकाको मृत्यु भयो ।  ८ जना घाईते भए  । २०७४ फागुन १ गते पहिलोपटक भानु नगरपालिका–३ दोरदोरका ६ बर्षिय बालक विशाल श्रेष्ठलाई आक्रमण गर्दा मृत्युवरण गरेका थिए । त्यसयता चितुवाले श्रृखंलाबद्ध आक्रमण गरिरहेको छ । यो बर्षमा मात्रै सातवटा चितुवालाई नियन्त्रण लिइएको छ  । दुई चितुवा मृत फेला परेका थिए ।

Mon-Mar-2020, 04:02 pm मा प्रकाशित, 177 जनाले हेर्नुभयो

Leave a Reply