गण्डकी प्रदेश सरकारले भोलिदेखि सीमा नाका पूर्ण रुपमा बन्द गर्ने भएको छ।

- नेपाली सन्देश

गण्डकी प्रदेश सरकारले भोलिदेखि सीमा नाका पूर्ण रुपमा बन्द गर्ने भएको छ। प्रदेश भित्रिने नाकाहरू स्याङजाको रामदी, नवलपुरको त्रिवेणी, दाउन्ने, गैडाकोट, तनहूँको मुगलीन, गोरखाको आरुघाट र बेनीघाट, मुस्ताङको कोरला लगायत नाकाबाट प्रवेश रोकिने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले भने।

‘भारतीयहरू आएको आएकै छन्। संक्रमण फैलियो भने त्यसबाट जोगाउने संरचना केही छैन। जनशक्ति छैन। चाइना जस्तो नेपाल सक्षम होइन नि,’ मुख्यमन्त्री गुरुङले भने, ‘बेलैमा सचेत हुनुपर्छ, त्यसैका लागि यो निर्णय गरिएको हो।’ उनका अनुसार अव १५ दिन पूर्ण रुपमा आवतजावत रोकिने छ । उनले अत्यावश्यक काम बाहेक बाहिर ननिस्किन आग्रह गरेका छन् ।

‘काम भएमा मात्रै बाहिर निस्किनुहोला। नत्र भेटघाट, बैठक वा अन्य कुनै कामका लागि नजानुस्,’ उनले भने, ‘यो बेला संयमित हुनुपर्छ।

१० चैत्र २०७६, सोमबार ०५:५३ मा प्रकाशित, 89 जनाले हेर्नुभयो

Leave a Reply