कोरोना महामारीमा मर्नेको संख्या (कुन देशमा कति)

- नेपाली सन्देश

कोरोना महामारी : अमेरिकामा मर्नेको संख्या ७ हजार नाघ्यो, इटालीमा १४ हजार (कुन देशमा कति)
अन्नपूर्ण/२२ चैत २०७६

अमेरिका : विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट अमेरिकामा मर्नेको संख्या ७ हजार नाघेको छ। शनिबार बिहानसम्मको तथ्यांकअनुसार अमेरिकामा ७ हजार १५२ ले ज्यान गुमाइसकेका छन्।

कोरोनाको नयाँ इपिसेन्टर बनेको अमेरिकामा एकै दिन ३४ हजार ५०० नयाँ संक्रमित थपिएका छन्। यससँगै हालसम्म २ लाख ७७ हजार ९५३ संक्रमित भइसकेका छन्। यसैगरी इटालीमा मर्नेको संख्या उच्च रहेको छ। इटालीमा हालसम्म १४ हजार ६८१ ले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन्। यस्तै १ लाख १९ हजार ८२७ मा संक्रमण पुष्टि भइसकेको छ।

संक्रमित संख्याका आधारमा तेस्रो स्थानमा रहेको स्पेनमा ११ हजार १९८ को मृत्यु भएको छ। त्यहाँ १ लाख १९ हजार १९९ मा संक्रमण पुष्टि भइसकेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकमा रहेको छ।

कोरोनाको सुरुवात भएको चीनमा गत २४ घण्टाभित्र थप ४ जनाले ज्यान गुमाएको चिनियाँ सञ्चार माध्यम सीजीटीएनले जनाएको छ। शुक्रबार मध्यरातसम्मको तथ्यांकअनुसार चीनमा थप १९ जनामा संक्रमण पुष्टि भएको छ।

गत डिसेम्बर ३१ बाट फैलिन सुरु भएको कोरोना भाइरसका कारण विश्वभर ५८ हजार ९०१ ले ज्यान गुमाइसकेका छन्। यस्तै करिब ११ लाख संक्रमित भइसकेका छन्। तीमध्ये २ लाख २६ हजार ६०३ निको भइसकेका छन्।

कुन देशमा कति (आँकडा)

अमेरिका
संक्रमित: २,७७,८२८
मृत्यु: ७,१५२
निको: ९,८२३

इटाली
संक्रमित: १,१९,८२७
मृत्यु: १४,६८१
निको: १९,७५८

स्पेन
संक्रमित: १,१९,१९९
मृत्यु: ११,१९८
निको: ३०,५१३

जर्मनी
संक्रमित: ९१,१५९
मृत्यु: १,२७५
निको: २४,५७५

चीन
संक्रमित: ८२,५११
मृत्यु: ३,३३०
निको: ७६,९२३

फ्रान्स
संक्रमित: ६५,२०२
मृत्यु: ६,५२०
निको: १४,१३५

इरान
संक्रमित: ५३,१८३
मृत्यु: ३,२९४
निको: १७,९३५

बेलायत
संक्रमित: ३८,६९०
मृत्यु: ३,६११
निको: २०९

टर्की
संक्रमित: २०,९२१
मृत्यु: ४२५
निको: ४८४

स्वीजरल्यान्ड
संक्रमित: १९,६०६
मृत्यु: ५९१
निको: ४,८४६

बेल्जियम
संक्रमित: १६,७७०
मृत्यु: १,१४३
निको: २,८७२

नेदरल्याण्ड
संक्रमित: १५,८२१
मृत्यु: १,४९२
निको: २६०

क्यानडा
संक्रमित: १२,५४५
मृत्यु: १८८
निको: २,३२१

अस्ट्रिया
संक्रमित: ११,५२४
मृत्यु: १६८
निको: २,०२२

दक्षिण कोरिया
संक्रमित: १०,०६२
मृत्यु: १७७
निको: ६,३२५

भारत
संक्रमित: २,५६७
मृत्यु: ७२
निको: १९२

नेपाल
संक्रमित: ६
मृत्यु: ०
निको: १
(स्रोत: जोन्स हप्किन्स विश्वविद्यालय)

Sat-Apr-2020, 04:44 am मा प्रकाशित, 188 जनाले हेर्नुभयो

Leave a Reply