रोल्पाको गैरीगाउँ दुम्लामा बम विस्फोट हुदा ४ बालबालिकाको मृत्यु

- नेपाली सन्देश

रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं. ७ गैरीगाउँ दुम्लामा बम विस्फोटमा परी ४ जना बालवालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ७ निवासी लालबहादुर खत्रीका ५ वर्षीय छोरा विजय खत्री, उनकी ११ वर्षीया दिदी विमला खत्री, लक्ष्मण नेपालीका १३ वर्षीय छोरा गौरब नेपाली र ओजबहादुर डाँगीका १४ वर्षीय छोरा नोखिराम डाँगी रहेको जिल्ला प्रहरी प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिनुभयो । बालबालिकाहरूले बाख्रा ग्वाला गएर फर्कने क्रममा भेट्टाएको र बम विस्फोट भएको हुन सक्ने प्रहरीले आशंका प्रहरिले गरेको छ । घटनास्थलमा रहेको अर्को बम अबेर नेपालि सेनाले डिष्पोज गरेको त्रिवेणी गाउँपालिका वडानं. २ का वडाध्यक्ष कविराज बुढाले जानकारी दिनुभयो ।सशस्त्र द्वन्द्वका समयमा तत्कालीन विद्रोही माओवादीले लुकाएर राखेको बम बालबालिकाहरूले खेल्ने क्रममा भेट्टाएको र विस्फोट भएको हुन सक्ने आशंका गरिएपनी प्रहरी घटनास्थल तर्फ जाँदै गरेकाले त्यसको विस्तृत विवरण आउन बाँकी जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक गुरुङले जानकारी दिनुभएको छ । साभर:मालश्री अनलाइन

Fri-May-2020, 11:26 am मा प्रकाशित, 216 जनाले हेर्नुभयो

Leave a Reply