नेपालमा कोरोना संक्रमित ६९ पुगे थप ९ जनामा कोराना संक्रमण पुष्टि,

- नेपाली सन्देश

बाँकेको नेपालगञ्जमा आइतबार ९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाकाले पत्रकार सम्मेलनमा नेपालगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको बताएका हुन । उनको अनुसार संक्रमित मध्ये ५ पुरुष र ४ जना महिला छन् । र संक्रमित ७ देखि ५८ वर्ष उमेरका छन् । यसअघि नेपालगञ्जमा एक जनामा संक्रमण देखिएको थियो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । तीमध्ये १५ जना निको भएर घर फर्किएका छन् ।साभार:बिजखबर डट कम

Sun-May-2020, 03:48 pm मा प्रकाशित, 88 जनाले हेर्नुभयो

Leave a Reply