पोखरामा छतबाट हाम फालेका युवकमा कोरोना संक्रमण नेगेटिभ

- नेपाली सन्देश

१२ दिन लगाएर मंगलबार पोखरा आइपुगेका उनलाई क्वारेन्टाइनमा राख्न प्रहरी लिन आउँदा घरको छतबाट हामफालेर भाग्न खोजेका थिए । २१ वर्षका ती युवकमा कोरोना संक्रमण नभएको पाइएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए ।

सोलुखुम्बुका उनी पोखरा महानगरपालिका वडा नं ८ मा बस्दै आएका थिए । उनी करिब ३ महिनाअघि भारतको कर्नाटक क्षेत्रमा कामका लागि गएका थिए । त्यहाँबाट फर्केर उनी पोखरा आएको खबरसँगै त्रसित बनेका स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी खोज्दै आएको थियो ।

क्वारेन्टाइनमा राख्ने डरले घरको छतबाट हाम फालेका भारतको कर्नाटकदेखि पोखरा आएका युवकमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । साभार:बाराही न्यूज

Thu-May-2020, 08:32 am मा प्रकाशित, 172 जनाले हेर्नुभयो

Leave a Reply