दुबई सरकारले मास्क राम्रोसँग नलगाउनेलाई यस्तो कडा कारबाही गर्दै।

- नेपाली सन्देश

कोरोना रोकथाम र नियन्त्रणका लागि दुबई सरकारले मास्क राम्रोसँग नलगाउनेलाई कारबाही गर्ने भएको छ । नाक, मुख नढाकी मास्क लगाउनेलाई यूएईको दुबई प्रान्तले एक हजार दिर्हाम जरिवाना तोकेको हो ।

मास्क राम्रोसँग नलगाउँदा सङ्क्रमण फैलिने जोखिम भएको भन्दै जरिवाना तोकिएको दुबई प्रहरीलाई उद्धृत गर्दै गल्फ न्यूजले लेखेको छ ।

अहिले दुबईमा लकडाउन केही खुकुलो गरेपछि रेस्टुरेन्ट, समुद्री किनारा तथा पार्कमा मान्छेको चहलपहल बढेसँगै मास्क लगाउनुपर्ने नियममा पनि कडाइ गरिएको हो ।

मास्कले मुख मात्र छोप्ने, मास्क घाँटीमा झुण्ड्याउने, हातमा समातेर हिँड्ने, पाइन्टको गोजीमा राख्ने गरेको भन्दै यसको सहि प्रयोग गराउन जरिवाना तोक्नुपरेको दुबई प्रहरीले जनाएको छ ।

दुबई प्रहरीका अनुसार मार्च २६ देखि अप्रिल १६ को बीचमा मेडिकल मास्क नलगाउने र शारीरिक दूरी कायम नगर्ने १० हजार दुईसय ८६ जनालाई जरिवाना गरिएको थियो ।साभार:chautaripostonline

Fri-May-2020, 02:08 pm मा प्रकाशित, 136 जनाले हेर्नुभयो

Leave a Reply