नेपालमा कोरोनाबाट पहिलो मृत्यु , सुत्केरी महिलाकाे रिपोर्ट पोजेटिभ !

- नेपाली सन्देश

कोरोना भाइरस संक्रमणसंग मिल्दोजुल्दो लक्षण देखिएकी एक महिलाको शुक्रबार साँझ धुलिखेल अस्पतालमा उपचारको क्रममा  मृत्यु भएको थियो।

धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलाको कोरोना भाइरस संक्रमणकै कारण मृत्यु भएको पुष्टि भएको छ।
धुलिखेलिस्थत ल्याबमा गरिएको परिक्षणका क्रममा उनको मृत्यु कोरोना भाइरस संक्रमणकै कारण भएको पुष्टि भएको आएको हो। कोरोना पोजेटिभ देखिएपछि पुनः परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा स्वाब पठाइएको छ।

मृत्यु हुनेमा सिन्धुपाल्चोकको बाह्राविसे नगरपालिका वडा नं. ९ निवासी महिला रहेकी छन्। उच्च ज्वरो आएर बिरामी परेपछि उनलाई धुलिखेल अस्पताल ल्याइएकी उनीमा कोरोना भाइरस संक्रमणसंग मिल्दोजुल्दो लक्षण देखिएको थियो ।

उच्च ज्वरो तथा श्‍वास-प्रश्वासमा गार्हो भएपछि उनलाई बाह्रविसे प्राथमिक स्वास्थ्य केन्द्र पुर्याइएको थियो। आइसियुमा राखेर उपचार गर्नुपर्ने भएकाले स्वास्थ्य केन्द्रले उनलाई धुलिखेल अस्पताल रिफर गरेको थियो। आइसियुमा राखेर उपचार गर्ने क्रममा उनको अस्पतालमै मृत्यु भयो।साभार:Bigul News

Sat-May-2020, 11:50 am मा प्रकाशित, 179 जनाले हेर्नुभयो

Leave a Reply