पोखरामा आफ्नै साथीको हत्या घनले हानेर बारीको डिलमा शब गाडे

- नेपाली सन्देश

पोखरामा साथीको हत्या गरी बारीको डिलमा शब गाडेको १ महिना घटनाको रहस्योदघाटन भएको छ ।

पोखरा महानगरपालिका वडा नं -१४ समिनतारा बस्ने बर्ष २१ को ज्ञानबहादुर परियारले सोही स्थान बस्ने बर्ष २२ का बिमल रानाभाटलाई घनले हानेर हत्या गरी साथीहरुको सहयोगमा आफ्नै घर पछाडिको बारीको डिलमा शबलाई गाडेका हुन । घटना भएको १ महिनापछी एकाएक कास्की प्रहरीलाई मानिसको हत्या गरी शब गाडेको भन्ने सुचनाका आधारमा कास्कीका प्रहरी उपरीक्षक एसपी दानबहादुर कार्कीको कमाण्ड खटिएको प्रहरीको टोलीले शब गाडेको स्थानमा उत्खनन गर्ने क्रममा सडेको अवस्थामा शव फेला पारेको प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्र बाबु रेग्मीले जानकारी दिनुभयो ।

प्रहरीले घटनामा संग्लन रहेको आशंकामा पोखरा -१४ समिनतारा बस्ने बर्ष २१ का ज्ञान बहादुर परियार सहित, सोही स्थान बस्ने बर्ष १८ को संजय दर्जी, बर्ष १८ का कुमार परियार र बाग्लुङ जिल्ला गलकोट घर भइ हाल पोखरा-१४ समिनतारा बस्दै आएका बर्ष १९ का सागर परियारलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडी बढाइएको जनाएको छ ।साभार: बाराही संचार

Sat-May-2020, 05:27 pm मा प्रकाशित, 356 जनाले हेर्नुभयो

Leave a Reply