पोखरामा एक गायिकाले गरिन् आत्महत्या

- नेपाली सन्देश

पोखरामा दोहोरी साँझमा आबद्ध एक गायिकाले आत्महत्या गरेकी छिन् । पछिल्लो समय फेवा दोहोरी साँझमा गाउँदै आएकी सुनिता नेपालीले आत्महत्या गरेकी हुन् । गएराति ९ः५० बजे झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी गराएका छन् ।

सुनिता नेपाली विगत ५ वर्षदेखि कास्की अन्नपूर्ण गाउँपालिका बिरेठाँटीका ध्रुव लामिछानेसँग रिलेशनसिपमा बस्दै आएकी थिइन् । पोखरा ४ गैह्रापाटनका स्थानिय जयराम कोइरालाको घरमा भाडामा बस्दै आएका उनीहरुले आफुहरु श्रीमान श्रीमती भएको बताउँदै आएका थिए । धु्रवले ज्याला मजदुरीको काम गर्छन ।
ध्रुवले  सुनिताको आत्महत्याले आफु समेत विक्षप्त बनेको बताए । । उनले भने, ‘आत्महत्याको दिन म सबेरै काममा गएको थिए । राति अबेर फर्किए । कोठाको ढोका भित्रबाट लगाइएको थियो । मैले पटक पटक सुनितालाई पुकारे । आवाज नआएपछि आत्तिए । नजिकैका दाईदिदीहरुलाई सहयोग मागे । उहाँहरुले प्रहरीलाई डाक्नुभयो । प्रहरी आएर ढोका खोल्दा सुनिता झुण्डिएको अवस्था थियो । म विक्षप्त बने ।’

कोइरालाकै घरमा भाडामा बस्ने अन्य मानिसहरुले ध्रुव र मृतक सुनिता बिच गएराति कुनै झगडा नभएको बताएका छन् ।

कास्की प्रहरीले आत्महत्याको छानबिन भइरहेको जानकारी गराएको छ । सुनिताको शवलाई पोष्टमार्टमका लागि पश्चिमाञ्चल अस्पताल लगिएको छ ।source: parichaynetwork.com

Sat-Jul-2020, 03:52 am मा प्रकाशित, 256 जनाले हेर्नुभयो

Leave a Reply