काठमाडौं मेडिकल कलेजमा मृत्यु भएका एक व्यक्तिमा कोरोना पुष्टि नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

- नेपाली सन्देश

काठमाडौँ — काठमाडौं मेडिकल कलेज सिनामंगलमा मृत्यु भएका काठमाडौंका ५४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । उनी काठमाडौंको गोकर्ण निवासी हुन् । उनको असार २५ गते उपचारका क्रममा मृत्यु भएको थियो । पीसीआर परीक्षणको रिपोर्ट भने शुक्रबार साँझ आएको अस्पतालका निर्देशक डा. मुकुन्दराज जोशीले कान्तिपुरलाई जनाए ।

डा. जोशीका अनुसार ती व्यक्ति असार १९ गते निमोनियाको समस्या लिएर भर्ना भएका थिए । अस्पतालका अनुसार उनमा मिर्गौलाको समस्या पनि रहेको थियो ।

कोरोना पुष्टि भएपछि मापदण्डअनुसार संक्रमितको शवलाई नेपाली सेनाले शनिबार बिहान व्यवस्थापन गरेको डा. जोशीले जनाए ।

योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

Sat-Jul-2020, 08:36 am मा प्रकाशित, 184 जनाले हेर्नुभयो

Leave a Reply