पोखरामा २ युवा एक किलो गाँजा सहित पक्राउ

- नेपाली सन्देश

शनिबार पोखरा महानगरपलिका-१० शिवमार्गबाट स्याङ्जा हरिनास गाउँपालिका-४ बाङगेश्वाराका २० वर्षीय जीत बहादुर विक तथा धादिङ सिद्धलेक गाउँपालिका-६ कुम्पुरका २३ वर्षीय रोहित घले पक्राउ परेका हुन् । पोखरामा एक किलो २ सय ग्राम गाँजा सहित २ युवा पक्राउ परेका छन् । हाल उनीहरु दुवै पोखरा-१० शिवमार्गमै बस्दै आएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाले जनाएका छन् ।

Mon-Aug-2020, 04:25 pm मा प्रकाशित, 151 जनाले हेर्नुभयो

Leave a Reply